भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४२२ पुगेको छ । संक्रमितमध्ये सबैभन्दा बढी महाराष्ट्रका छन् । सरकारले कोभिडविरुद्ध अग्रमोर्चामा खटिएका र ६० वर्षमाथिका वृद्धवृद्धालाई बुस्टर डोज दिने तयारी गरेको छ ।
महाराष्ट्रमा १०८ जनामा नयाँ भेरियन्ट देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमित ४२ जना निको भएर घर फर्किएका छन् । त्यस्तै, दिल्ली र गुज्रातमा क्रमशः ७९ र ४३ जनामा ओमिक्रोन देखिएको छ । दक्षिणी तेलंगना राज्यमा ४१ जना र केरलामा ३८ जनामा ओमिक्रोन देखिएको छ ।
ओमिक्रोन संक्रमितमध्ये धेरैले कोभिड खोप लगाएको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस