Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, १७ : ०१ मा प्रकाशित

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । 

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितमध्ये ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो,’ उनले भने, यसले संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोन रहेको देखायो ।’ 

३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको