Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

आइतबार, ११ पुस २०७८, १३ : ५४ मा प्रकाशित

बिपिडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्ने

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा ३० पुसमा बोलाएको छ । लघुवित्तले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित सिद्धार्थ कटेज धोवीघाट ललितपुरमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ । त्यस्तै, अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थास‌ँग एक आपसमा गाभ्न/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको