Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्तकाे आईपीओ बाँडफाँड सम्पन्न, तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १२ : ०३ मा प्रकाशित

बिपिडब्लु लघुवित्तकाे आईपीओ बाँडफाँड सम्पन्न, तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज, चैत्र ३ गते, शुक्रबार सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडकाे रजिष्टर्ड कार्यालयमा गरिएकाे थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ५९ हजार ७ सय ८४ जना लगानीकर्ताहरूले कुल १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । बाँकी रहेका १४ लाख ५८ हजार २ सय ७८ जना लगानीकर्तालाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे। गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ८ हजार ९५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् ।

लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणलाई ८०  हजार ९ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । 

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

कम्पनीकाे आईपीओकाे नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडकाे वेबसाइट, बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट र मेराे सेयरबाट नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको