Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्तको आईपीओ ११ बजे बाँडफाँड हुँदै, ८ हजारले मात्रै सेयर पाउने

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १० : ३८ मा प्रकाशित

बिपिडब्लु लघुवित्तको आईपीओ ११ बजे बाँडफाँड हुँदै, ८ हजारले मात्रै सेयर पाउने

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड अहिले ११ बजे हुँदैछ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलकाे रजिष्टर्ड कार्यालयमा हुनेछ ।

कम्पनीकाे आईपीओ अन्तिम दिनसम्म १५ लाख ३२ हजार ९७३ जनाले कुल १ करोड ६७ लाख ६५ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । यसमा मागभन्दा दुई सय गुणा बढी आवेदन परेको हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाबाट बाँडफाँड हुनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ८ हजार ९५ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २४ हजार ८७८ जनाको भने हात खाली हुनेछ । 

लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको