आज नेपाल पुनर्बीमा कम्पनी सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेप्सेमा आजसम्म कारोबार भई कायम नेपाल पुनर्बीमा, मित्तेरी डेभलपमेन्ट बैंक र उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने छन् ।
कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज पौष १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको वार्षिक पाचौँ वार्षिक साधारण सभा पौष २२ गते, बिहीबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले सञ्चालक समितिले निर्णय गरे अनुसार चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित अन्य प्रस्तावहरु समेत पारित गरिनेछ ।
मित्तेरी डेभलपमेन्ट बैंक लिमिटेडको आज सम्म कायम सेयर धनीहरुले मात्र गत आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित लाभांश प्राप्त गर्ने छन् । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको चौधौँ वार्षिक साधारण सभा पुष २८ गते, सुनसरी उद्योग वाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । सभाले बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर वितरण गर्ने वितरण गर्ने प्रस्ताव गरेको छ । । साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि गत वर्ष असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्तका नाममा एकिकृत कारोबार थालेका हुन् । कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन ।
संस्थाको पौष ३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा पौष २८ गते, बुधबार, होटल मौर्या, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । बोनस सेयर वितरण पश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०५ कायम गर्न एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस