Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति लाभांश ?

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, ०६ : ३९ मा प्रकाशित

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति लाभांश ?

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते  विहिबार अन्तिम दिन रहेको छ । हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका आजसम्म कायम शेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउनेछन् ।

यी तीन कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली चैत्र ३ गते बुक क्लोज गर्दैछन् । त्यसैले यी कम्पनीको लाभांश पाउन आज बिहिबारसम्म नेप्सेमा शेयर खरिद गरि सेयरधनी कायम भएको हुनुपर्नेछ ।

हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको २९ औं वार्षिक साधारण सभा चैत २९ गते, बुधबार बिहान ११ बजे, वानेश्वर व्याक्वेट, थापागाँउ काठमाडौंमा बस्नेछ ।

साथै प्रुडेन्सियल इन्स्योरेन्सले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारितका लागि कम्पनीले चैत्र १६ गते, दियालो लर्डस प्लाजा बिरगंज, पर्सामा दिउसो १२ः३० बजेदेखि २१ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत्र ११ गते डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहिमा बिहान ११ बजेदेखि छैठौँ बार्षिक साधारणसभा बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको