Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको बीसौं वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

अर्थ संसार

शुक्रबार, १६ पुस २०७८, १५ : २८ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको बीसौं वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएकाे छ । सञ्चालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

संस्थाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ५४ हजार ९ सय ८७ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको