Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककाे स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, ११ : २० मा प्रकाशित

नबिल बैंककाे स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको लिलामी सेयर भर्ने आज अन्तिम दिन

नबिल बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ १० गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयर भर्ने आज (माघ २४ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । संस्थाकाे एक लाख ५९ हजार कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

कति दिने आवेदन ?

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले न्युनतम एक हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

संस्थाकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे छ ।

कहाँ दिने आवेदन ?

लगानीकर्ताहरूले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडाैँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको