Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककाे स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

मंगलबार, १० माघ २०७९, १० : ५९ मा प्रकाशित

नबिल बैंककाे स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको सेयर लिलामीमा, मूल्य कति ?

नबिल बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (माघ १० गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ। संस्थाकाे एक लाख ५९ हजार कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

कहिलेसम्म दिने आवेदन ?

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

संस्थाकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे छ ।

कहाँ दिने आवेदन ?

लगानीकर्ताहरूले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडाैँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको