Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको १ लाख ५७ हजार कित्ता सेयर बेच्दै नबिल बैंक, मूल्य कति ?

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, ०८ : ०२ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको १ लाख ५७ हजार कित्ता सेयर बेच्दै नबिल बैंक, मूल्य कति ?

स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले आफ्नो संस्थापक सेयरधनी नबिल बैंक लिमिटेडको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाले सेयरधनीको नाममा रहेको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

संस्थापक सेयर बिक्री गर्दा हाल कायम रहेका संस्थापक सेयरधनीहरु वा अन्य जो कोहि व्यक्ति वा इच्छु संस्थाहरुले माघ २४ गतेभित्र कम्पनीको बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् । सेयर किन्न सेयरको न्यूनतम मूल्य ५५५ रुपैयाँ प्रतिकित्ता तोकिएको छ । 

यसअघि पटक पटक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको