Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको खुद मुनाफा ७० करोड नाघ्यो, ईपिएस कति ?

अर्थ संसार

आइतबार, २९ साउन २०७९, ०७ : ३४ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको खुद मुनाफा ७० करोड नाघ्यो, ईपिएस कति ?

स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३.०९ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ६१ करोड ९४ लाख ८२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १४.९० प्रतिशतले बढेर १ अर्ब ६६ करोड ७५ लाख ४५ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १ अर्ब ४५ करोड १३ लाख ३५ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । 

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा ९६ करोड ४८ लाख २१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ८४ करोड १७ लाख ९३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । ्

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब २५ करोड ४० लाख ७० हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा (एनपिएलं) घटेर २.९० प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ६२ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ ३०० रुपैयाँ ८७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको