Like us!
Follow us!
Connect us!
Watch us!

विदेशमा शाखा खोल्न दिन बैंक सञ्चालकको माग, १० देशमा जाने योजना

अर्थ संसार

आइतबार, १८ पुस २०७८, १३ : २५ मा प्रकाशित

विदेशमा शाखा खोल्न दिन बैंक सञ्चालकको माग, १० देशमा जाने योजना

बैंक तथा वित्तीय संस्थाका संचालकहरूले विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्न दिन माग गरेका छन् । सञ्चालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकका एक अध्ययन प्रतिवेदन बुझाउँदै शाखा खोल्न दिन माग गरेका हुन् । 

हाल नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई स्वीकृति लिई विदेशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्नसक्ने व्यवस्था गरेको हो । यो व्यवस्थाबाट प्रभावकारी रूपमा काम गर्न नसकिएको भन्दै शाखा नै खोल्न दिने व्यवस्था गर्न आग्रह गरेका हुन् । 

सीबीफीनले गरेको अध्ययन प्रतिवेदनमा विशेष मापदण्ड बनाई विदेशमा शाखा खोल्न दिने व्यवस्था गरिनु उपयुक्त हुने र यसबाट नेपाली बैंकहरूले भारत, चीनलगायतका देशमा शाखा खोली नेपालको व्यापार व्यवसायमा थप योगदान दिनसक्ने उल्लेख गरिएको छ । 

यसैगरी सीबीफीनले भिजन २०३० जारी गर्दै कम्तीमा १० देशमा नेपाली बैंकका शाखा/सम्पर्क कार्यालय पुर्‍याउने योजनासमेत सार्वजनिक गरेको छ । सीबीफीनको भिजनमा बैंकहरू देशको आर्थिक विकासका लागि प्रमुख सहयात्री हुने, व्यावसायिक उद्यमीहरूका लागि असल साझेदार हुने, सबै नेपाली माझ बैंकिङ सेवा पुर्‍याउने, नगदरहित डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने, घरेलु, साना तथा मझौला उद्यम र हरित लगानीलाई प्रवर्द्धन गर्ने योजनाअघि सारिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको