Like us!
Follow us!
Connect us!
Watch us!

सन् २०२२ लाई सेयर बजारको हरियो कार्पेट, लगानीकर्ता उत्साहित

नेप्से

आइतबार, १८ पुस २०७८, १५ : १२ मा प्रकाशित

सन् २०२२ लाई सेयर बजारको हरियो कार्पेट, लगानीकर्ता उत्साहित

सन् २०२२ काे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा राैनकता देखिएकाे छ । सेयर बजारले सन् २०२२ लाई सेयर बजारको हरियो कार्पेटले स्वागत गरेकाे छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा काराेबार रकम पनि अघिल्लाे साताकाे अन्तिम काराेबार दिनकाे तुलनामा बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेकाे छ । नेप्से २.३९ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १०.७७ अंकले बढेर ४८२.०१ विन्दुमा पुगेको छ । 

कूल २४० वटा कम्पनीकाे ७१ लाख ६० हजार ९ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी १२ वटा उपसमूहकाे सेयर बढेको छ ।

आइतबार हिमालयन डिष्टिलरीकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४४ कराेड ९४ लाख २ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज  हिमालयन डिष्टिलरीका लगानीकर्ताले नै सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ हजार ३ सय १८ रूपैयाँ पुगेकाे छ । 

यस दिन गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.१२ प्रतिशतले घटेर ७ सय ७९ रूपैयाँ ९० पैसामा झरेकाे छ । 

61d1716027254.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको