Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से इन्डेक्स महत्वपूर्ण एरियामा, भोलिको दिन लगानीकर्ताका लागि खास रहने !

नेप्से

आइतबार, १८ पुस २०७८, १६ : १५ मा प्रकाशित

नेप्से इन्डेक्स महत्वपूर्ण एरियामा, भोलिको दिन लगानीकर्ताका लागि खास रहने !

आज आइतबारको दिन बजार नेप्से परिसूचक ६०.४१ अंकले बढेर २५८४.९१ को विन्दुमा बन्द भएको छ।  सन् २०२२ को पहिलो कारोबार दिनमा नेप्सेले सुखद सुरुवात गर्दा लगानीकर्ताहरु उत्साहित बनेका छन्।  

यो साता बजार कस्तो रहला ?

यो साता लगानीकर्ताहरुको लागि खास रहने छ।  गत हप्ता नेप्सेको विक्ली चार्ट प्याटर्नमा ड़ोजी क्यान्डल बनेको थियो।  गत हप्ता बजार ३२२५ बाट खस्दै गर्दा बनेको डाउन ट्रेन्डलाइन नजिक पुगे पनि त्यो ट्रेन्डलाइन ब्रेक हुन सकेको थिएन। आजको कारोबार पछि फेरी त्यहि ट्रेन्डलाइन नजिक नजिक क्यान्डल बन्दै गर्दा भोलिका दिनहरुमा त्यो ट्रेन्ड लाइन ब्रेक हुन्छ कि हुँदैन भन्ने कुराले बजारको आगामी यात्राको बारेमा बताउनेछ।  
त्यसरी हेर्दै गर्दा नेप्सेको विक्ली क्यान्डलले २६०० देखि २६५० को एरियालाइ राम्रो कारोबार रकम सहित ब्रेक गर्न सफल भएको खण्डमा नेप्से ३२२५ बाट घट्दै गर्दा बनेको डाउन ट्रेन्ड ब्रेक हुनेछ र यो ट्रेन्ड लाइन भन्दा माथि माथि नै क्यान्डलहरु बनेको खण्डमा बजारको यात्रा बुलिश भएर जानेछ।

के छ सम्भावना ?

नेप्से ३२२५ बाट खसेर उतार चढाव हुँदै २ हप्ता अघि  २५०० को बिन्दुमा आइपुग्दै गर्दा RSI को डाउन ट्रेन्ड लाइन ब्रेक भैसकेको थियो।  त्यसपछि RSI त्यो ट्रेन्डलाइन भन्दा माथि नै छ।  यसरी RSI ले डाउन ट्रेन्ड ब्रेक गरेर RSI माथितिर जाँदा प्राइस क्यान्डलहरुले पनि डाउन ट्रेन्ड ब्रेक गरेर माथितिरै जान सक्ने सम्भावना प्रबल भएर जान्छ।  

MFI इन्डिकेटरलाइ धेरै महत्वका साथ हेर्ने गरिन्छ।  जसरि RSI ले आफ्नो डाउन ट्रेन्ड ब्रेक गरिसकेको छ, त्यसरी नि MFI ले पनि नेप्से २५०० तिर छदै गर्दा ३२२५ बाट तल खस्दाको डाउन ट्रेन्डलाइ ब्रेक गरिसकेको छ।  यसले आगामी दिनमा नेप्सेले पनि डाउन ट्रेन्डलाइन लाइ ब्रेक गरेर नेप्से माथि माथि नै जान सक्ने सम्भावनालाई थप बलियो बनाएको छ।  

नेप्सेको विक्ली  चार्ट प्याटर्नको MACD  मा बनेका डाउन हिस्टोग्रामहरु छोटा छोटा हुँदै गएका छन।  त्यसले बजारमा खरिद चाप बढ्दै गएको देखाउँछ। यसरी हेर्दा इण्डिकेटरहरुले पनि बजारको यात्रा माथितिरकै हुन सक्ने संकेत गरिरहेको देख्न सकिन्छ।  

लगानीकर्ताले के गर्दा राम्रो ?

बजार महत्वपूर्ण रेसिस्टेन्स नजिकै आइपुगेको हुँदा बजारले २६०० देखि २६५० को एरियालाई कसरि रेस्पोन्स गर्छ त्यो हेरेर मात्रै कुनै निर्णयमा पुग्नु उचित हुने देखिन्छ।  यदि २६००-२६५० को एरियामा सेलिङ्ग प्रेसर आएर बजार तलतिर झर्छ भने बजारको यात्रा अझै तलकै हुनसक्ने सम्भावना रहन्छ भने २६५० को रेसिस्टेन्सलाइ तोडेर बजार माथितिर जान सफल भयो भने बजारले यसअघिको हाइ २८२५ को बिन्दुलाई टेस्ट गर्न जान सक्ने सम्भावना रहन्छ। त्यसैले लगानीकर्ताहरुले धैर्य धारण गर्दै अब बजारले कस्तो रेस्पोन्स गर्छ भन्ने कुरालाई राम्ररी अवलोकन गरेर मात्र किनबेचको निष्कर्षमा पुग्नु उचित रहन्छ।  

61d17f72c06f7.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको