Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको गैरजिम्मेवारीपन, साइट नविकरण नगर्दा लगानीकर्तालाई सास्ती

अर्थ संसार

सोमबार, १९ पुस २०७८, ०८ : ४१ मा प्रकाशित

नेप्सेको गैरजिम्मेवारीपन, साइट नविकरण नगर्दा लगानीकर्तालाई सास्ती

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आधिकारिक वेभसाइट (http://www.nepalstock.com/) मा हिजाेदेखि नै समस्या देखिएको छ । नेप्सेले समयमै साइट नविकरण नगर्दाकाे फल देखिएकाे हाे ।

हिजाेबाट देखिएकाे समस्या हालसम्म पनि समाधान हुन सकेकाे छैन । जसका कारण  लगानीकर्ताले सास्ती खेप्नु परेको छ । आम लगानीकर्ताहरूले भनेकाे बेलामा आफूले चाहेकाे डाटा तथा सूचनाहरू हेर्न पाएका छैनन् । नेप्सेकाे वेवसाइटमा देखिएकाे समस्याकाे बारेमा लगानीकर्ताहरूले सामाजिक सञ्जालमा पनि आफ्नाे आक्राेश पाेखिरहेका छन् ।

नेप्सेकाे नयाँ वेभसाइट भएपनि उक्त वेभसाइट पनि राम्ररी चल्न सकेकाे छैन । अझ नयाँ वेभसाइटमा लगानीकर्तालाई आवश्यक पर्ने सबै फिचरहरू पनि उपलब्ध छैन । 

नेप्सेकाे वेभसाइटमा समस्या देखिएकाे याे मात्र पहिलाे पटक हाेइन । यसअघि पनि नेप्सेकाे वेभसाइटमा बारम्बार समस्या देखिएकाे थियाे । काराेबार समयमा नेप्सेकाे टिएमएस राम्ररी नचल्दा लाखाैँकाे घाटा व्यहाेर्नु परेकाे अनुभव लगानीकर्ताहरूसँग छ । यसरी बारम्बार समस्या आउँदा पनि नेप्सेले दिर्घकालिन समाधान गरेकाे देखिँदैन । यस्ता कुराले नेप्सेकाे गैरजिम्मेवारीपन छर्लङ्गै देखाउँछ ।

61d26aa6aa383.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको