Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको चार्टमा डाउनट्रेन्ड ब्रेक, बजार अब बढ्ने नै हो त ?

नेप्से

सोमबार, १९ पुस २०७८, १२ : ४३ मा प्रकाशित

नेप्सेको चार्टमा डाउनट्रेन्ड ब्रेक, बजार अब बढ्ने नै हो त ?

 

नेप्से ३२२५ बाट घट्दै जाँदा बजारमा धेरै उतार चढावहरु देखिए। नेप्सेको चार्ट प्याटर्नमा धेरै लोवर लो (Lower Low ) र लोवर हाइ (lower High ) का शृंखलाहरु बने।  नेप्सेको चार्ट प्याटर्नलाइ १ घन्टे क्यान्डल प्याटर्न (Hourly Candle Basis ) मा हेर्ने हो भने यी उतार चढावहरुलाई अझ स्पष्ट रुपमा हेर्न सकिन्छ।  

नेप्से ३२२५ बाट घट्दै गएर २७७९ को विन्दुसम्म आयो।  त्यहाँबाट नेप्से बढ्यो तर ३००० भन्दा माथि जान सकेन।  ३००० बाट खस्न थालेको बजार सानातिना उतार चढाव हुँदै २६१४ को विन्दुसम्म आइपुग्यो।  २६१४ को विन्दुबाट बढेर २८८३ को विन्दुसम्म पुग्यो र त्यहाँ बाट फेरी घट्न थालेको नेप्से फेरी उतार चढाव हुँदै २४७५ को विन्दुसम्म आइपुग्यो।  २४७५ बाट तिव्र रुपमा बढ्न थालेको बजार २८८० सम्म पुग्यो र त्यहाँबाट घट्न थाल्यो।  अलिकति घटेर फेरी बजार माथि गयो तर २८२५ भन्दा माथि जान सकेन। बजार फेरी घटेर २२६० को विन्दुसम्म आयो।  त्यहाँबाट बढ्न थालेको बजारबीचमा सानातिना उतार चढावहरुलाई पार गर्दै बजार यो आलेख तयार पार्दासम्म २६३० को विन्दुसम्म पुगिसकेको छ।  

आज बजार बढ्दै गर्दा नेप्से ३२२५ बाट घट्दै गएर उतार चढाव हुँदै २२६० को विन्दुसम्म पुग्दा जुन डाउन ट्रेन्ड बनेको थियो, त्यो डाउन ट्रेन्ड ब्रेक भएको छ।  यो सबैभन्दा विशेष कुरा हो।  बजार यो भन्दा अगाडी पनि बढेको हो , बढेर २८०० माथि पनि गएको हो तर डाउन ट्रेन्ड लाइन लाइ ब्रेक गर्न सकेको थिएन।  यसरी डाउन ट्रेन्डलाइन लाइ ब्रेक गरेर नेप्से इन्डेक्स माथि जाँदै गर्दा यसले अब बजारको डाउन ट्रेन्ड सकिएर बजार अपट्रेन्ड तर्फ लागेको संकेत गर्दछ।  अन्य इन्डिकेटरहरुले बजारमा सकारात्मक संकेत गर्दै गर्दा बजार अब विस्तारै माथितिरकै यात्रामा लाग्ने सम्भावना प्रबल बनेर गएको छ।  

61d29efd351bf.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको