Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सकारात्मक माहोल, छिट्टै अलटाइम हाई रेकर्ड ब्रेक गर्ने प्रक्षेपण

नेप्से

सोमबार, १९ पुस २०७८, १५ : ११ मा प्रकाशित

सेयर बजारमा सकारात्मक माहोल, छिट्टै अलटाइम हाई रेकर्ड ब्रेक गर्ने प्रक्षेपण

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । 

सेयर बजारमा ठूला लगानीकर्ताहरू प्रवेश गरिसकेका र बजारमा सकारात्मक माहाेल देखिएकाे हेर्दा छिट्टै बजारले अलटाइम हाई रेकर्ड ब्रेक गर्ने प्रक्षेपण गर्न सकिने लगानीकर्ता प्रशन्न ढुङ्गानाले बताएका छन् । उनी भन्छन्, "तरलता पनि बिस्तारै सहज हुँदै गएकाे छ । अहिले बजारलाई नकारात्मक पार्ने कुराहरू पनि खासै केही आएका छैनन् । बजारमा राैनकता फर्किसकेकाे छ । ठूला लगानीकर्ताहरू पनि बजार प्रवेश गरिसकेका छैनन् । यी सबै कुराहरू हेर्दा अहिलेकाे अवस्थामा यदि कुनै नियामक निकायले बजारमैत्री विज्ञप्तिहरू सार्वजनिक गर्ने हाे भने बजारले छिट्टै अलटाइम हाई रेकर्ड ब्रेक गर्नेछ ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर काराेबार मापक नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेकाे छ । नेप्से १.२४ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा पुगेको छ । 

कूल २३० वटा कम्पनीकाे ८२ लाख ५ हजार ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार एक सय ७८ रूपैयाँ ५८ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशाेधन बाहेक बाँकी १२ वटा उपसमूहकाे सेयर बढेको छ ।

साेमबार पनि हिमालयन डिष्टिलरीकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २८ कराेड ४४ लाख ७० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक सय ७७ रूपैयाँ १० पैसा पुगेकाे छ । 

यस दिन रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य २.५९ प्रतिशतले घटेर ९ सय ४ रूपैयाँमा झरेकाे छ । 

61d2c29280024.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको