Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा राैनकता कायमै, एक पछि अर्को सकारात्मक समाचारले नयाँ रेकर्ड बनाउने संकेत !

नेप्से

मंगलबार, २० पुस २०७८, १५ : ०६ मा प्रकाशित

सेयर बजारमा राैनकता कायमै, एक पछि अर्को सकारात्मक समाचारले नयाँ रेकर्ड बनाउने संकेत !

आज (मंगलबार) पनि सेयर बजारमा राैनकता कायमै छ । गत बुधबारदेखि लगातार बढिरहेकाे सेयर बजारले आज पनि उकालो यात्रालाई नै निरन्तरता दिएको छ । 

बजारमा एक पछि अर्को सकारात्मक समाचार आइरहेकाले अब बजारमा सकारात्मक माहोल छाएको बताउँछन् लगानीकर्ता दिनेश लामिछाने । "सरकारले तरलता संकट समाधानको विभिन्न उपायहरु अवलम्बन गरिरहेको छ स्थानिय तहको बजेटको ८० प्रतिशत रकमलाई निक्षेपका रुपमा गणना गर्न पाउने भएपछि करिब ५० अर्ब रुपैयाँ तरलता वाणिज्य बैंकहरुमा थपिएको छ, तत्काल सहकारीहरुको समेत ब्याजदर नबढ्ने भएको सबै कुरा सेयर बजारका लागि सकारात्कम नै छन् यो बिचमा केहि नाफा बुक गर्दा करेक्सन आउन सक्ला तर अब नेप्सेको ओरालो यात्रा रोकिएको छ अब बजार सकारात्मक नै हुने देख्छु" उनले भने । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर काराेबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेकाे छ । नेप्से २.४१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १५.८५ अंकले बढेर ५०३.७२ विन्दुमा पुगेको छ । 

कूल २३४ वटा कम्पनीकाे ९१ लाख १० हजार ७ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशाेधन र अन्य उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहकाे सेयर बढेको छ ।

मंगलबार नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १४ कराेड ७७ लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ३ वटा कम्पनीकाे सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । त्यस्तै, मध्यभाेटेकाेशी जलविद्युत, नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंककाे सर्किट लेभलमा काराेबार भएकाे हाे ।

यस दिन एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे संस्थापक सेयरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.५० प्रतिशतले घटेर ४ सय १० रूपैयाँ ७० पैसामा झरेकाे छ । 

याे पनि :

नेताको बोली भन्दा पैसा बोल्छ !! बजारले लय समात्यो,कति सम्म पुग्ला ? ShareTechFunda with Bimal Tiwari

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको