Like us!
Follow us!
Connect us!
Watch us!

७ बीमा कम्पनीले गरे लाभांश घोषणाः लगानीकर्ताको पर्खाइमा नेपाल लाईफ, कस्तो आउला लाभांश ?

अर्थ संसार

बुधबार, २१ पुस २०७८, ११ : ०९ मा प्रकाशित

७ बीमा कम्पनीले गरे लाभांश घोषणाः लगानीकर्ताको पर्खाइमा नेपाल लाईफ, कस्तो आउला लाभांश ?

नेपालमा सञ्चालित कुल १९ जीवन बीमा कम्पनीमध्ये ६ वटा कम्पनीले हाल सम्म पनि सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) जारी गरेका छैनन् जसका कारण यी कम्पनीहरु नेप्सेमा सुचिकृत छैनन् , बाँकी १३ कम्पनी मध्य ७ कम्पनीहरुले भने लाभांश घोषणा गरिसकेका छन् ।

नेप्सेमा सुचिकृत अन्य क्षेत्रका अधिकांश कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट समेत लाभांश घोषणा गरिसक्दा पनि बिमा क्षेत्रका सबै कम्पनीहरुले भने हालसम्म पनि आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट समेत लाभांश घोषणा गर्न सकेका छैनन् । बिमा कम्पनीहरुले लाभांश घोषणा गर्नुपुर्व अनिवार्य गर्नु पर्ने एक्चुअरी मूल्यांकन समयमा हुन नसक्दा लाभांश घोषणामा ढिलाई भएको जानकाहरु बताउछन् । इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा प्रक्रिया लामो हुने भएकोले हरेक वर्ष ढिला हुने गरेको छ । 

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये हालसम्म ७ वटा जीवन बीमा कम्पनीले सेयरधनीहरूलाई लाभांश घोषणा गरेका छन् भने गत आर्थिक बर्षको मुनाफाबाट कुनै पनि बिमा कम्पनीले लाभांश घोषणा गरेका छैनन् ।

हालसम्म लाभांश घोषणा गर्ने बिमा कम्पनीहरुमा एसियन लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, ज्योति लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा धेरै लाभांश एशियन लाइफले २७ प्रतिशत र सबैभन्दा कम रिलायन्स लाइफले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

जसमध्यमा गुराँस लाइफले आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव गरेको छ भने बाँकीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका छन् ।

१) एसियन लाईफ इन्स्योरेन्स कम्पनी

एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिगत ३ आर्थिक बर्ष यताकै सबैभन्दा बढि लाभांश घोषणा गरेको हो ।

कम्पनीको कार्तिक ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

२) रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी

रिलायन्स लाइफ इन्स्योरेन्सको असोज १८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७६र७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको पौष ११ गते, आइतबार सम्पन्न वार्षिक साधारण सभाले लाभांश पारित समेत गरिसकेको छ । 

३) प्राइम लाइफ इन्स्योरेन्स कम्पनी

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
 
कम्पनीको मंसिर १९ गते, आइतबार सम्पन्न चौधौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।  

४) सूर्या लाइफ इन्स्योरेन्स कम्पनी  

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कार्तिक १३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

कम्पनीको पौष १९ गते, सोमबार, होटल हैरिसन प्यालेस, विराटनगरमा सम्पन्न तेह्रौँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित समेत गरिसकेको छ ।

५) गुराँस लाइफ इन्स्योरेन्स कम्पनी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको साउन २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण को प्रस्ताव गरेको थियो । 

कम्पनीको मंसिर १० गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा सम्पन्न एघारौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

६) लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको पौष ८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । साथै वासलात मितिमा कायम रहेको चुक्ता पुँजीको आधारमा प्रस्तावित लाभांश २३.१५७ प्रतिशत हुने र सो मध्ये २२ प्रतिशत बोनस सेयर र १.१५७८ प्रतिशत नगद लाभांश हुने कम्पनीले जनाएको छ । 

७) ज्योति लाईफ इन्स्योरेन्स कम्पनी 

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको कार्तिक १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बिमा कम्पनीहरु मध्य लाभांश वितरणमा अब्बल मानिएको नेपाल लाईफ इन्स्योरेन्सको २ बर्ष देखिको लाभांश घोषणा भएको छैन । कम्पनीले आर्थिक बर्ष २०७६/७७ र २०७७/७८ गरी दुई आर्थिक बर्षकै लाभांश घोषणा गरेको छैन । कम्पनीको खस्कदो वित्तिय अवस्था र २ बर्ष देखि लाभांश समेत प्रस्ताव नगरेकाले अहिले यो कम्पनीको सेयर मूल्य धेरै नै घटेको छ । 

एक लगानीकर्ताले नाम उल्लेख नगर्ने सर्तमा भने "विगतका बर्षहरुमा जस्तै यो पटक नेपाल लाईफको लाभांश आउने संभावना म देख्दिन, विगतमा कम्पनीले वितरण गरेको बोनस सेयरका कारणले अहिले कम्पनीको आकार धेरै नै बढि सकेको छ जसको तुलनामा कम्पनीले ब्यापार बढाउन सकेको छैन कम्पनीको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा  प्रतिसेयर आम्दानी ३९ पैसामा सिमित हुन पुगेको छ भने कम्पनीको नेटवर्थ १२० रुपैयाँ ८५ पैसा मात्र छ यस्तो अवस्थामा मैले चाँहि यो कम्पनीबाट धेरै नै लाभांशको अपेक्षा राखेको छैन ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको