Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन् "प्रोफिट बुक गर्दा आएको करेक्सन मात्र हो"

अर्थ संसार

बुधबार, २१ पुस २०७८, १५ : ०७ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन् "प्रोफिट बुक गर्दा आएको करेक्सन मात्र हो"

निरन्तर चार दिन देखि बढिरहेको नेपालको सेयर बजारमा आज (बुधबार) भने गिरावट आएको छ । गत बुधबारदेखि लगातार बढिरहेको सेयर बजारले आज भने ओरालो यात्रा तय गरेको छ । 

आजको करेक्सन अन्य कुनै पनि कारणले नभइ लगानीकताहरुले नाफा बुक गरेकै कारण आएको बताउछन् अनुभवि लगानीकर्ता बुद्धि आचार्य । "तिन देखि बजार निरन्तर बढिरहेको थियो बुधबार र आईतबार सेयर किन्नेहरुले आज राम्रो प्रोफिट बुक गर्ने अवसर पाए जसका कारण बजारमा करेक्सन देखियो जुन सामान्य पनि हो" उनले भने "यदि बजार निरन्तर बढि मात्र रहेने हो भने त झन् खतरनाक पो हुन्छ जब जब बजार धेरै बढ्ने अनि थोरै घट्ने हुन्छ अनि बल्ल बजार दिगो हुन जान्छ ।" 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३५.७७ अंकले घटेर २६४९.२० विन्दुमा पुगेको छ । नेप्से १.१५ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ६.६८ अंकले घटेर ४९७.०३ विन्दुमा पुगेको छ । 

कूल २३६ वटा कम्पनीको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ८२ रूपैयाँ ७१ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज जलबिद्युत र फाइनान्स उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ ।

बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनी १८ करोड ७२ लाख ६२ हजार ३ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज मध्य भोटिकोशि जलबिद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज सेयर मूल्य बढ्ने अधिकांश कम्पनीहरु पनि जलबिद्युत क्षेत्रका रहेका छन् । पछिल्लो समय यो सेक्टरका कम्पनीहरुको सेयर मूल्य धेरै घटेका कारण पनि आज लगानीकर्ताहरु यो सेक्टरमा छिरेको जानकारहरु बताउछन् ।

यस दिन विजय लघुवित्त वित्तिय संस्थाको संस्थापक सेयरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ४.५५ प्रतिशतले घटेर १ हजार ३ सय २२ रूपैयाँमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको