Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसलाई ठूलो झट्का, देउवाको गृहनगर अमरगढी नगरपालिकामा एमाले विजयी

शुक्रबार, १६ असार २०७४, १३ : ३५ मा प्रकाशित

कांग्रेसलाई ठूलो झट्का, देउवाको गृहनगर अमरगढी नगरपालिकामा एमाले विजयी

अर्थ संसार, धनगढी – प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देवाउलाई ठूलो धक्का लागेको छ  । आफै गृहनगर अमरगढी नगरपालिकामा एमाले विजयी भएपछि प्रधानमन्त्रीलाई धक्का लागेको हो । अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् ।
एमाले उम्मेदवार विश्वेवर प्रसाद ओझाले काङ्ग्रेस उम्मेदवार डिल्लीराज जोशीलाई १२८ मत अन्तरले हराएका हुन् । ओझाले ३ हजार ७६८ मत पाए भने जोशीले ३ हजार ६४० मत पाएका छन् । माओवादी उम्मेदवार शोभा भट्टको पक्षमा ३३९ मत परेको छ ।

उपप्रमुखमा एमालेकी संगिता भण्डारी विजयी भएकी छन् । उनले ३ हजार ५१७ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी  काङ्ग्रेसकी पार्वती झुकालले ३ हजार २६९ मत पाइन् । माओवादीका करुणाकर ओझाले ७१७ मत पाएका छन् ।

अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको