Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंककाे १९ कराेड बराबरकाे लाभांश वितरण हुनै बाँकी

अर्थ संसार

विहीबार, २२ पुस २०७८, १४ : ४९ मा प्रकाशित

एनएमबि बैंककाे १९ कराेड बराबरकाे लाभांश वितरण हुनै बाँकी

एनएमबि बैंक लिमिटेडकाे अवितरित लाभांश १९ कराेड रूपैयाँ भन्दामाथि रहेकाे छ ।

बैंकका अनुसार २०७८ आषाढ मसान्तमा शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश बैंकमा २७ लाख ४० हजार ५ सय २६ रूपैयाँ र सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा १९ कराेड १४ लाख ८० हजार ४ सय ३६ रूपैयाँ गरि कुल १९ कराेड ४२ लाख २० हजार ९ सय ६१ रूपैयाँ अवितरित लाभांश रहेको छ ।

आर्थिक वर्ष ०६९/०७० भन्दा अगाडीको शेयरधनीहरूले बुझिलिन बाँकी लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको बैंकले जनाएकाे छ । बैंकले लाभांश बुझिलिने सम्बन्धमा शेयरधनीहरूको जानकारीका लागि राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रत्येक वर्ष सूचना प्रकाशित गर्ने गरेको छ ।

एनएमबि बैंक लिमिटेडको छब्बीसौँ वार्षिक साधारण सभा आज पौष २२ गते, बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न भएकाे छ ।

सभाले बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको