Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसुचक २७०० नजिक, के बजार फर्किएकै हाे त ?

नेप्से

विहीबार, २२ पुस २०७८, १५ : ०५ मा प्रकाशित

नेप्से परिसुचक २७०० नजिक, के बजार फर्किएकै हाे त ?

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । यस साताभरमा नेप्से परिसूचक १६६.९७ अंकले बढेकाे छ । गत साता २५२४.५० विन्दुमा बन्द भएकाे सेयर बजार याे साताकाे अन्तिम दिनसम्म आइपुग्दा २६९२.४७ विन्दुमा पुगेकाे छ ।

साता भरीको कारोबार हेर्दा अब भने सेयर बजार लयमा फर्केको भन्न मिल्ने बताउँछन् सक्रिय लगानीकर्ता केशव बहादुर सिंह । 'यो साताको समग्र कारोबारलाई नियाल्दा समेत अहिले बजारमा लगानीकर्ताहरुको मनोभावना बलियो भए जस्तो देखिन्छ, सबैतिरबाट सकारात्मक समाचार प्रभाव भइरहेको छ तरलताको संकट पनी समाधान भइरहेको छ । बैंकहरुले केही हदसम्म भएपनि कर्जा लगानी बढाइरहेका छन् यी सबै कुराले अहिले लगानीकर्ताहरुको मनोभावना बलियो भएको छ जसका कारण अब बजार उकालो यात्रामा हिँड्नेछ । हो हिजो जस्तो बिच बिचमा प्रोफिट बुकिङ हुँदा सामान्य करेक्सनहरु त आउलान् तर समग्रमा बजारले अब छिट्टै पुराना सबै रेकर्डहरुलाई ब्रेक गर्नेमा म विश्वस्त छु ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर काराेबार मापक नेप्से परिसूचक ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेकाे छ । नेप्से १.६३ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ९.१६ अंकले बढेर ५०६.१६ विन्दुमा पुगेको छ । 

कूल २३८ वटा कम्पनीकाे ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३ सय ४९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार र उत्पादन तथा प्रशाेधन उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहकाे सेयर बढेको छ ।

बिहीबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ३७ लाख ६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । तेह्रथुम पावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड र मध्यभाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन नेपाल बङ्गलादेश बैंककाे डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त ॠणपत्रकाे मूल्य ३.५३ प्रतिशतले घटेर एक हजार ४० रूपैयाँमा झरेकाे छ । 

याे पनि :

नेताको बोली भन्दा पैसा बोल्छ !! बजारले लय समात्यो,कति सम्म पुग्ला ? ShareTechFunda with Bimal Tiwari

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको