Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सकारात्मक माहाेल : नेप्से परिसूचक उच्च अंकले बढ्दा काराेबार रकममा उछाल

नेप्से

आइतबार, २५ पुस २०७८, १४ : ५९ मा प्रकाशित

सेयर बजारमा सकारात्मक माहाेल : नेप्से परिसूचक उच्च अंकले बढ्दा काराेबार रकममा उछाल

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा काराेबार रकममा पनि उछाल देखिएकाे छ । पछिल्लाे समय औषतमा ४ अर्ब रूपैयाँ बराबरकाे काराेबार भइरहेकाेमा आज भने ७ अर्बमाथिकाे काराेबार छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेकाे छ । नेप्से २.७१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ । 

कूल २३९ वटा कम्पनीकाे एक कराेड ५० लाख ५८ हजार ६ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रूपैयाँ ११ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । 

आइतबार पनि अपि पावर कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २९ कराेड २२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेड र हिमालयन उर्जा विकास कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस्तै युनियन हाइड्राेपावरकाे सेयरमूल्य पनि ९.९८ प्रतिशत र मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेकाे छ । 

यस दिन १०% नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त ॠणपत्रकाे मूल्य १.४२ प्रतिशतले घटेर एक हजार १० रूपैयाँमा झरेकाे छ । 

61daabba655ad.jpg 61daabbe97847.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको