Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता, औषधी खरिदमा विशेष छुट

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १७ : १० मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता, औषधी खरिदमा विशेष छुट

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पुर्याउने उदेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर (Citizen Care) सुविधा अन्तर्गत ओम हस्पिटलसँग् सम्झौता गरेको हो । 

उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्धहुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधीखरिदमा विशेष छुट प्राप्त गर्नेछन ।

सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुखकार्यकारी अधिकृत पोषक राजपौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत  यम बहादुर महतले हस्ताक्षर गरेका थिए  ।  उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापनअधिकृत भुषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक बिनोद अधिकारीर कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वितहुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवाप्रदायक संस्थाहरुसँग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको