Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको उत्साहजनक प्रगति,यस्ता छन् अन्य वित्तीय सूचक

अर्थ संसार

सोमबार, २९ बैशाख २०८२, ११ : ५४ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको  उत्साहजनक प्रगति,यस्ता छन् अन्य वित्तीय सूचक

सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश वित्तीय सूचकहरूमा लोभलाग्दो प्रगति देखिएको छ। सेयर पूँजी, नाफा, बीमाशुल्क आर्जनदेखि लिएर अन्य इक्विटीसम्मका सूचकहरू सकारात्मक देखिएका छन्

नाफा

कम्पनीले तेस्रो त्रैमाससम्म ३५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २७ प्रतिशतले बढेको हो ।

कुल बीमाशुल्क

तेस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब २४ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १९ प्रतिशतले बढेको हो ।

खुद बीमाशुल्क

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन २० दशलमव ६७ प्रतिशतले बढेको छ ।

सेयर प्रिमियम शिर्षक

५ अर्ब रुपैयाँ सेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेयर प्रिमियम शिर्षकमा ४४ करोड ९६ लाख रुपैयाँ राखेको छ ।

महाविपत्ती कोष/अन्य इक्विटी/रिटेन्ड अर्निङ

महाविपत्ती कोषमा २१ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९८ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ७० करोड रुपैयाँ रहेको छ।

जीवन बीमा कोष

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोष १८ अर्ब २ करोड रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको जीवन बीमा कोष १२ अर्ब ५१ करोड थियो । 

प्रतिसेयर आम्दानी

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ५४ पैसा रहेको छ।

पीई रेसियो/प्रतिसेयर नेटवर्थ

पीई रेसियो ५२.१६ गुणा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको