Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, १४ : १० मा प्रकाशित

सिटिजन लाइफको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ आज (भदाै २८ गते, बिहीबार) बाँडफाँड गरिएकाे छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओ अहिले दिउँसो २ बजे बाँडफाँड गरिएकाे हाे ।

कम्पनीले सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँमा आईपीओ बिक्री गरेकाे थियाे । सर्वसाधारणका लागि ९० लाख कित्ता छुट्याइएकाे थियाे ।

याे आईपीओमा अन्तिम दिनसम्म १५ लाख ८४ हजार ५ सय ९७ जना लगानीकर्ताहरूले कुल १ करोड ७५ लाख ६८ हजार ७ सय ५० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, १ लाख ७१ हजार ४ सय ३९ जना लगानीकर्ताहरूकाे आवेदन रद्द भएकाे थियाे । याेग्य रहेका १४ लाख १३ हजार १ सय ५८ जना लगानीकर्ताहरूलाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा  भाग्यमानी ९ लाख जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । बाँकी लगानीकर्ताहरूको भने हात खाली भएकाे छ ।

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

कम्पनीकाे आईपीओकाे नतिजा केही समयपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिन्छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट https://iporesult.cdsc.com.np/, आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडकाे वेबसाइट र मेराे सेयरबाट आईपीओकाे नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको