Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको आईपीओ बिहीबार बाँडफाँड हुने, ६ लाख बढीकाे हात रित्तै हुने निश्चित

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, १६ : ४१ मा प्रकाशित

सिटिजन लाइफको आईपीओ बिहीबार बाँडफाँड हुने, ६ लाख बढीकाे हात रित्तै हुने निश्चित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ यही बिहीबार अर्थात् भदाै २८ गते बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओ भदौ २८ गते बिहिबार दिउँसो २ बजे बाँडफाँड गरिन्छ ।

कम्पनीले सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँमा आईपीओ बिक्री गरेकाे थियाे । सर्वसाधारणका लागि ९० लाख कित्ता छुट्याइएकाे थियाे ।

याे आईपीओमा अन्तिम दिनसम्म १५ लाख १० हजार ६ सय ९३ जना लगानीकर्ताहरूले कुल १ करोड ६७ लाख ९० हजार १ सय ८० कित्ताका  लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १.८६ गुणा बढी आवेदन हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिन्छ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा  भाग्यमानी ९ लाख जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी ६ लाख बढी लगानीकर्ताहरूको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको