Like us!
Follow us!
Connect us!
Watch us!

“सेयरमा लगानी गर्न धेरै पैसा चाहिँदैन, पार्टी गर्ने ५/६ हजार पैसाले सेयर किन्दै जानुस”

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १५ : ४१ मा प्रकाशित

पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले पार्टी गर्ने पैसाले सेयर किन्न सल्लाह दिएकी छन ।  

अर्थसंसार डट कमको कार्यक्रम मार्केट प्रेसक्रिप्सनमा बोल्दै उनले अनावश्यक रुपमा खर्च गरिने ५/६ हजार पैसाले हाइड्रोपावरको १० कित्ता सेयर किन्न सकिने र सो १० कित्ताले भविष्यमा दिने प्रतिफल आकर्षक हुने बताइ ।  सेयर बजार आफ्नो अल टाइम हाइ भन्दा धेरै खसिसकेको भन्दै उनले  अहिलेको समय  सेयर बजारमा प्रवेश गर्न उपयुक्त भएको  बताइन।  

सेयर बजारमा राम्रो कम्पनीको सेयर  सही समयमा किनेर सही समयमा बेच्न सकियो भने धेरै फाइदा हुने बताउँदै उनले ट्रेड गर्ने क्रममा कहिलेकाहीँ घाटा पनि हुने र यो कुरालाई स्विकार्नु पर्ने बताइन। 'सेयर बजारमा हामीले नाफाका कुरा मात्रै धेरै गर्यौं, घाटाका कुरा पनि गर्नु आवश्यक छ।' उनको भनाइ छ।  

दशैं अघि नै प्रायजसो सबै सेयर बेचेर बसेकी उनले यो बुलमा हाइड्रोपावर कम्पनीहरुबाट राम्रो पैसा कमाएको अनुभव सुनाइन। 'NHPC , AHPC लगाएतका हाइड्रोहरुबाट धेरै राम्रो कमाएँ , NHPC ८० रुपैंया देखि उठाउन थालेको ५०० माथि पनि बेचियो ' उनले भनिन।  

सेयर बजारमा आउन चाहने नयाँ लगानीकर्ताहरुलाई तालिम लिएर, सिकेर, आफूभन्दा अग्रजहरुसँग सोधेर, बुझेर मात्र लगानी गर्न पनि उनले सुझाव दिएकी छन।  

पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको