Like us!
Follow us!
Connect us!
Watch us!

छथर गापामा एमालेका तिगेला विजयी

शनिबार, १७ असार २०७४, १८ : ०७ मा प्रकाशित

छथर गापामा एमालेका तिगेला विजयी

अर्थ संसार,तेह्रथुम– तेह्रथुमको छथर गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

नेकपा (एमाले) का उम्मेदवार सन्तोष तिगेला तीन हजार ४३६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज तिगेलाले दुई हजार ५५२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्ष पदमा पनि नेकपा ९एमाले०की तारादेवी ढकाल विजयी हुनुभएको छ ।

ढकालले तीन हजार ३६८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी हिमादेवी पौडेलले दुई हजार ४८७ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको वडा नं। १ मा नेपाली कांग्रेसका बागी उम्मेदवारहरुको प्यानलै विजयी भएको छ । वडा नंं २, ४, ५ र ६ मा नेकपा (एमाले)को प्यानलै विजयी भएको छ भने वडा नं। ३ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको