अर्थ संसार, धनगढी– कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण चौधरी तीन हजार ४३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका विरुप्रसाद चौधरीले दुई हजार ७४१ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले बताउनुभयो ।
यसैगरी, उपाध्यक्षमा कांग्रेसकै गीता कठरियाले तीन हजार ५६८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका किरण चौधरीले तीन हजार ४८९ मत प्राप्त गर्नुभएको छ ।
जोशीपुर गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय नेता रामजनम चौधरीको गृह क्षेत्र पनि हो । १९ हजार ३६५ मतदाता रहेको जोशीपुरमा १५ हजार ५२७ मत खसेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस