Like us!
Follow us!
Connect us!
Watch us!

५ महिना पछि नेप्सेको चार्टमा RSI ७० माथि, यसले के संकेत गर्दैछ ?

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, १४ : ३८ मा प्रकाशित

५ महिना पछि नेप्सेको चार्टमा RSI ७० माथि, यसले के संकेत गर्दैछ ?

नेप्सेको चार्टमा डेली बेसिसमा करिब ५ महिना पछि RSI ७० को लेभलभन्दा माथि गएको छ।  यसअघि १९ अगस्ट  २०२१ मा नेप्सेले अल टाइम हाइ बनाएकै दिनबाट नेप्सेको डेली चार्टमा RSI ७० भन्दा तल झरेको थियो।  त्यसपछि बजार घट्दो क्रममा गयो र विभिन्न चरणका उतार चढावहरु आउंदै नेप्से २२६० को हाराहारीसम्म झर्यो।  २२६० को बिन्दुबाट उकालो लाग्न थालेको नेप्से बढ्दै गएर आज २८०० भन्दा माथि गएको छ। यसरी नेप्सेले २८४५ को बिन्दुलाई क्रस गर्दै गर्दा नेप्सेको चार्टमा RSI ७० को लेभलभन्दा माथि गएको हो।  

३२२५ बाट बजार लगातार घटेर २२६० को बिन्दुमा आएको भने होइन। यो क्रममा बजारमा धेरै उतार चढावहरु आएका छन।  यो बिचमा २४७९ बाट नेप्से बढ्दै २८७८ को बिन्दुसम्म पुग्दा बजार अलिकति फराकिलो अंकले  बढेको थियो तर त्यतिखेर पनि RSI ६० भन्दा माथि जान सकेको थिएन।  

RSI ६० भन्दा माथि रहनुलाई ट्रेडिङ्ग जोन मानिन्छ भने RSI ७० माथि रहनुलाई स्ट्रंग ट्रेडिङ्ग जोन मानिन्छ।  बजारमा बायर साइड हावी हुँदै गई लगानीकर्तामा बायिंग मेण्टालिटि एकदम बलियो बनेको अवस्थामा RSI ७० भन्दा माथि जाने गर्दछ।  यसले बजारले अझै माथिको यात्रा तय गर्न सक्ने संकेत गर्दछ। 

61dd475c75b3a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको