Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक रुपमा आजको बजार कस्तो ? सकारात्मक र नकारात्मक पक्षहरुको सुक्ष्म विश्लेषण

बसन्त पाण्डे

मंगलबार, २७ पुस २०७८, १७ : १९ मा प्रकाशित

प्राविधिक रुपमा आजको बजार कस्तो ? सकारात्मक र नकारात्मक पक्षहरुको सुक्ष्म विश्लेषण

सेयर बजार प्राविधिक रुपबाट हेर्दा  सकारात्मक देखिएको छ।  आजसमेत गरेर बजारमा लगातार ३ दिन ६ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ।  आइतबार र सोमबार ७ अर्ब भन्दा बढीको सेयर कारोबार भएको थियो भने आज मंगलबार ६ अर्ब ७२ करोडको कारोबार भएको छ।  कारोबार रकम बढ्दै जाँदा लगानीकर्ताहरुको मनोबल उच्च बन्दै गएको छ। 

यसपाली बजार बढ्दा निकै सन्तुलित ढंगले बढेको देखिन्छ।  यसअघि बजार बढ्दा कुनै एउटा सेक्टर उचालिने गरेको थियो। अहिले त्यसरी कुनै एउटा सेक्टर उचालिएको देखिदैन, सबै सेक्टरका कम्पनीहरु बढिरहेका देखिन्छन।  कुनै एउटा सेक्टर उचालिनुलाई अप्राकृतिक रुपमा लिइन्छ तर अहिले जसरी सबै सेक्टरका कम्पनीहरु बढ्नुलाई सन्तुलित वृद्धिको रुपमा लिनुपर्ने जानकारहरु बताउँछन।  

प्राविधिक रुपमा हेर्दा कस्तो देखियो आजको बजार ?

सकारात्मक पक्षहरु : 

आज नेप्सेमा ४९.१८ अंकको वृद्धि देखिएको छ।  हिजो नेप्सेको डेली चार्टमा स्पिनिङ्ग टप क्यान्डल बनेको थियो।  नेप्सेले आज २८०५ को बिन्दुलाई क्रस गरेर माथि नै रहन सकेको अवस्थामा बजारको यात्रा माथितिरकै हुने भन्ने विश्लेषण हामीले हिजो नै गरेका थियौं।  आज राम्रो कारोबार रकम सहित नेप्से करिब ५० अंकले बढ्नुले बजारमा सकारात्मक माहोल सिर्जना गरेको छ।  
RSI:
करिब ५ महिनापछि आज RSI ७० भन्दा माथि गएको थियो। तर नेप्से क्लोज हुने बेलामा RSI  ६९.४७ को लेभलमा झरेको छ।  RSI  ७० नजिक हुनुलाई एकदमै महत्वका साथ हेरिन्छ।  यसले बजारमा बायर साइड हावी भैसकेको संकेत गर्दछ।  भोलिका दिनहरुमा RSI  ७० भन्दा माथि बस्न सफल भयो भने बजारमा एक्स्ट्रिम बुलिशनेस देख्न पाइनेछ।  
DMI: 
DMI इण्डिकेटरलाई निकै भरपर्दो र विश्वसनीय इण्डिकेटरको रुपमा लिइन्छ।  + DI लाइनले - DI लाइनलाई काटेर माथितिर गईसकेको छ र + DI लाइनको स्ट्रेन्थ बलियो रहेको देखिन्छ। त्यस्तै ADX लाइन २६.३४ को लेभलमा छ।  २३ भन्दा माथिको ADX ले ट्रेन्ड बलियो बन्दै गएको संकेत गर्दछ। यसले आगामी दिनमा बजार बढ्ने संकेत गरिरहेको छ।  
बुलिंगर ब्याण्ड: 
बुलिंगर ब्यान्डले बजार एक्स्ट्रिम बुलिशनेसतर्फ गैरहेको सङ्केत गरेको छ। अपर ब्याण्ड र  क्यानडल सँगसँगै हिड्नुले बजार अझै बढेर माथि जाने र तत्काल करेक्सनको सम्भावना कमै रहेको जनाउँछ।  अपर ब्याण्डभन्दा बाहिर क्यानडल बन्न थाल्यो भने त्यसले एउटा सानो करेक्सन आउन सक्ने संकेत गर्दछ तर यसरी अपर ब्याण्डभित्र भित्रै क्यान्डल बन्नुले एकदमै राम्रो संकेत गरिरहको छ। 

नकारात्मक कुराहरु : 
नेप्सेको १ घन्टे चार्टमा बनेको २ अर्ब भोलुम सहितको ईन्भर्टेड ह्यामर क्यान्डल :
नेप्सेको १ घन्टे क्यान्डललाई हेर्दा अन्तिम घन्टामा इन्भर्टेड ह्यामर क्यान्डल बनेको छ। त्यसरी इन्भर्टेड ह्यामर क्यान्डल बन्दै गर्दा २ अर्ब भन्दा बढी रकमको कारोबार भएको देख्न सकिन्छ। यसले अन्तिम घन्टामा केहि लगानीकर्ताहरुले नाफा बुक गरेको स्पष्ट रुपमा देखाएको छ। बढ्दो बजारमा इन्भर्टेड ह्यामर क्यान्डलले ट्रेन्ड रिभर्शलको संकेत गर्दछ। यो एक घन्टे क्यान्डल भएकाले त्यत्ति ठुलो अर्थ त राख्दैन तैपनि नेप्से अझै बढ्ने हो भने यो इन्भर्टेड ह्यामर क्यान्डल इन्भ्यालिड हुनु जरुरी छ।  त्यसका लागि भोलि नेप्सेले २८४८ को बिन्दुलाई क्रस गर्नुपर्ने हुन्छ।  

३० मिनेटको चार्टमा बनेको वियरिस इन्गल्फिंग क्यान्डल प्याटर्न:
नेप्सेको ३० मिनेटको चार्टमा हेर्दा अन्तिम समयमा वियरिस इन्गल्फिंग प्याटर्न बनेको देखिन्छ।  अघिल्लो बुलिश क्यान्डललाई ढाक्ने गरि दोश्रो वियरिस क्यान्डल बनेको खण्डमा यस्तो प्याटर्न बन्ने गर्दछ। वियरिस इन्गल्फिंग बन्दै गर्दा भोलुम पनि  ठुलो मात्रामा आएकाले अन्तिम समयमा ठुलो मात्रामा प्रोफिट बुकिङ्ग भएको देख्न सकिन्छ।  
हुन त यत्तिका दिन बढेको बजारमा सेलिङ्ग आउनु, प्रोफिट बुक हुनु स्वाभाविक हो।  तर यदि भोलिका दिनका क्यान्डलहरु तलतिर बन्न सुरु गरेको खण्डमा बजार केहि दिनको लागि तलतिर झर्न सक्ने सम्भावनाहरुलाई भने लगानीकर्ताहरुले बिर्सिनु हुँदैन। 

अब के कुरामा ध्यान दिने लगानीकर्ताहरुले ?
आज नेप्से २८४८ को बिन्दुसम्म पुगेर तल झरेको हुँदा भोलि नेपेले २८४८ को बिन्दुलाई क्रस गर्छ कि गर्दैन भन्ने कुराले विशेष अर्थ राख्दछ।  यदि नेप्सेले २८४८ को बिन्दुलाई भोलुम सहित क्रस गरेर माथितिर गएको खण्डमा बजार विक्ली बुलिंगर ब्यान्डको अपर ब्याण्ड, त्यो भनेको २९७० भन्दा माथिको बिन्दुसम्म पुग्न सक्ने सम्भावना उच्च भएर जानेछ भने बजारले २८४८ लाई ब्रेक गर्न नसकेको खण्डमा बजारमा केहि दिन करेक्सन आउन सक्ने सम्भावना बढेर जान्छ।  त्यसैले यदि नेप्सेले  २८४८ को बिन्दुलाई क्रस गरेर माथि जान सक्ने अवस्था बनेन भने लगानीकर्ताहरुले नाफा बुक गर्ने योजना बनाउनु राम्रो हुन सक्दछ।  

61dd6ec94a9be.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको