Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २७७० को बलियो सपोर्ट, २८८० ब्रेक गरे ३००० सजिलै पुग्ने !

बसन्त पाण्डे

बुधबार, २८ पुस २०७८, १६ : १२ मा प्रकाशित

नेप्सेमा २७७० को बलियो सपोर्ट, २८८० ब्रेक गरे ३००० सजिलै पुग्ने !

आज बुधबार नेप्से ३०.५१ अंकले घट्दै २८०३.६३ को बिन्दुमा क्लोज भएको छ। आज बजार बढ्दै जाने क्रममा २८७४ को बिन्दुसम्म पुगेको थियो भने घटेर २७९५ को बिन्दुसम्म आएको थियो । विगत केहि दिनदेखि लगातार बढिरहेको बजार घटिसकेपछि अब बजारको यात्रा कतातर्फको होला भन्ने अन्योलता लगानीकर्ताहरुमा देखिन्छ। 

२८५० देखि २८८० सम्मको एरिया एकदमै महत्वपूर्ण एरिया हो।  यसअघि २४८० को बिन्दुबाट बजार बढ्दै २८८० सम्म पुगेर झरेको थियो र घट्दै गएर २२५५ को बिन्दुसम्म पुगेको थियो।  यस अघिका हाइ पोइन्टहरुले बलियो रेसिस्टेन्सको काम गर्ने भएकाले २८८० को एरियामा पुगिसकेपछि अब बजारमा सेल आउन सक्छ भन्ने मनस्थितिमा प्राय: लगानीकर्ताहरु रहने हुँदा यस्ता एरियाहरुबाट करेक्सन आउनुलाइ प्राविधिक विश्लेषणमा  सामान्य रुपमा लिने गरिन्छ।  

अबको सपोर्ट एरिया कुन ? 

२०० दिनको मुभिङ्ग एभरेजको बिन्दु : 

नेप्सेले २०० दिनको मुभिङ्ग एभरेजलाइ क्रस गरेर माथितिर जाँदै गर्दा बजार बुलिश ट्रेन्डमा गएको मानिन्छ।  गत सोमबारबाट २०० दिनको मुभिङ्ग एभरेजभन्दा माथि नेप्सेको क्यान्डल बन्न सुरु गरेको थियो।  आज २८०३ को हाराहारीमा बजार क्लोज हुँदै गर्दा पनि नेप्से २०० दिनको मुभिङ्ग एभरेज भन्दा माथि नै छ।  २७७० को एरियामा २०० दिनको मुभिङ्ग एभरेजको लाइन छ। तत्कालको लागि नेप्सेको सबैभन्दा महत्वपूर्ण सपोर्टको एरिया भनेको २७७० को एरिया हो।  २०० दिनको मुभिङ्ग एभरेजभन्दा माथि रहेको नेप्सेले तलतिर खस्ने क्रममा हरेक पटक २०० दिनको मुभिङ्ग एभरेजलाइ स्ट्रंग सपोर्टको रुपमा लिएर त्यो बिन्दुबाट बजार माथितिर लागेका उदाहरणहरु थुप्रै छन।  

RSI ६० को आसपास आइपुग्दा नेप्सेमा बन्ने बिन्दु : 

आज बजार क्लोज हुँदा RSI ६५.९० को लेभलमा आइपुगेको छ।  आज बजार बढ्दै गरेको बेला ७० भन्दा माथि पुगेको RSI अब ६० को लेभलसम्म झरेर त्यहाँबाट बाउन्स व्याक हुन सक्ने सम्भावना उच्च छ।  बजारको ट्रेन्ड बलियो भएका बखत RSI ले ७० को लेभललाइ मज्जाले ब्रेक गर्नु अघि एकपटक  ६० को लेभललाइ टेस्ट गर्न जाने र त्यसपछि झन् एक्स्ट्रिम रुपमा बजार बढ्ने गरेको पाइन्छ।  त्यसैले RSI ले ६० को लेभललाइ सपोर्ट बनाउँछ कि बनाउदैन भन्ने अर्को महत्वपूर्ण कुरा हो।  यदि यो सानो करेक्सन मात्रै हो र बजार अझै बढेर माथि जान्छ भने RSI ले ६० को लेभललाइ सपोर्ट बनाएर RSI माथितिर फर्किनेछ र सोहि अनुरुप नेप्सेका क्यान्डलहरु पनि माथितिरको यात्रामा लाग्नेछन।  

61deae9b08c0b.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको