Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा ३३३० को बलियो रेसिस्टेन्स ब्रेक : RSI ७० माथि, अबको टार्गेट कति ?

बसन्त पाण्डे

विहीबार, २९ पुस २०७८, १४ : ४८ मा प्रकाशित

हाइड्रोमा ३३३० को बलियो रेसिस्टेन्स ब्रेक : RSI ७० माथि, अबको टार्गेट कति ?

नेप्सेको डेली चार्टमा हाइड्रोपावर सेक्टरले ३३३० को बलियो रेसिस्टेन्सलाइ ब्रेक गर्न सफल भएको छ।  यसअघि नेप्से २४८० को बिन्दुबाट २८७८ को बिन्दुसम्म पुग्दा हाइड्रो इन्डेक्स ३३३० सम्म पुगेर त्यहाँबाट घट्न सुरु गरेको थियो।  यसअघिको र्यालीको उच्च बिन्दुलाई प्राविधिक विश्लेषणमा बलियो रेसिस्टेन्सको रुपमा लिने गरिन्छ। यदि सो रेसिस्टेन्स ब्रेक भएको खण्डमा बजार तिब्र रुपमा बढेर माथि जाने सम्भावना रहन्छ। 

अरु इन्डिकेटरहरुले के देखाइरहेका छन् ? 

RSI
यो समाचार तयार पार्दासम्म हाइड्रो सेक्टरको RSI ७३ भन्दा माथि पुगेको छ।  RSI ७० भन्दा माथि हुनुले हाइड्रो सेक्टर बलियो अपट्रेन्डमा रहेको संकेत गर्दछ र यसले हाइड्रो इन्डेक्स बढेर अझ माथि जान सक्ने देखाईरहेको छ।  

MACD
MACD ले हाइड्रो इन्डेक्स २८३० तिर हुँदै बाई सिग्नल जेनेरेट गरिसकको थियो।  अहिले हाइड्रोको MACD का हिस्टोग्रामहरु लामा लामा बन्दै गैरहेका छन।  यसले हाइड्रोको सेयरमा उच्च खरिद चाप रहेको संकेत गर्दछ।  

DMI
+ DI लाइनले - DI लाइनलाई तलबाट काटेर माथितिर गैसकेको छ र ADX लाइन पनि २३ भन्दा माथि छ।  यसले हाइड्रोको अपट्रेन्ड बलियो बन्दै गएको संकेत गर्दछ।  

अबको टार्गेट कति ?
यसअघिको हाइड्रो सेक्टरको उच्चतम बिन्दु ३९७० र न्युनतम बिन्दु २४७० लाइ आधार मानेर फ़िबोनासि टुल लगाएर हेर्दा अबको पहिलो टार्गेट फ़िबोनासि रेसियो ०.७८६ को लेभल ३६४० को हुनेछ भने यदि ३६४० लाइ पनि क्रस गर्न सकेको खण्डमा यसअघिको अल टाइम हाइ ३९७० को अर्को टार्गेट बन्नेछ।  
अर्को महत्वपूर्ण कुरा हाइड्रोको चार्टमा डबल टप प्याटर्न ब्रेकआउट भएको छ।  डबल टप प्याटर्न ब्रेक भैसकेपछी सेयर मूल्य तिब्र रुपमा बढ्ने गर्दछ जसले हाइड्रो सेक्टरमा राम्रै बढोत्तरी आउन सक्ने संकेत गरेको छ।  

61dfedc36b384.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको