Like us!
Follow us!
Connect us!
Watch us!

एउटै चुनाव चिह्नमा लडेका चार पार्टीलाई हराउँदै एमाले विजयी

शनिबार, १७ असार २०७४, १९ : ४८ मा प्रकाशित

एउटै चुनाव चिह्नमा लडेका चार पार्टीलाई हराउँदै एमाले विजयी

अर्थ संसार, खोटाङ– रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरी डाँडामा गठबन्धनका साथ एउटै चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस, नेकपा (९माओवादी केन्द्र), सङ्घीय समाजवादी पार्टी फोरम र नयाँ शक्ति पार्टी नेपाललाई नेकपा ९एमाले०ले पराजित गरेको छ ।

तालमेल गरेर एउटै चुनाव चिह्न लिई चुनावी मैदानमा उत्रिएका चार पार्टीको संयुक्त समूहलाई एमालेका लीलाकुमार चौहानको एक्लो प्यानलले पराजित गरेको हो ।

मत परिणामअनुसार एमालेका उम्मेदवार चौहान रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडाको वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । चार दल एकातिर लाग्दा पनि सो वडामा एमालेका चौहान, बलिरत्न राई, हरि चाम्लिङ, दिलशोभा राई र मसिनी दाहाल सार्कीको समूह विजयी भएको हो ।

सो वडामा काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्ति काँग्रेसको चुनाव चिह्न रुखबाट चुनाव लडेको थियो ।

माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्तिले फरक पार्टीको चुनाव चिह्न देखाएर चुनावमा होमिएको विषयलाई चासोका साथ हेरिएको थियो । उम्मेदवार चौहानको घरमा असार ६ गते राति सुतली बम विस्फोट गराइएको थियो ।

विस्फोटमा चौहानकी बुहारी घाइते भएका थिए । उम्मेदवारको घरमा बम विस्फोट भएपछि जिल्लावासीमा ध्यान झनै चिउरीडाँडामा तानिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको