Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना महामारीमा रक्सी पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले मागे माफी

अर्थ संसार

विहीबार, २९ पुस २०७८, ०८ : १८ मा प्रकाशित

कोरोना महामारीमा रक्सी पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले मागे माफी

बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवासा '१०, डाउनिंग स्ट्रीट' मा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् । 

यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएको प्रतिबन्धहरु जारी थियो । 

बेलायतमा बिगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको छ भन्दै यो प्रश्नलाई टार्दै आएको थियो । 

'प्रधानमन्त्रीसँग प्रश्न' कार्यक्रमको सुरुआत हुनासाथ जोनसनले माफी माग्न चाहेको बताएको थिए । 

उनले महामारीमा करोडौं मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए । उनले नियम बनाउनेले नै निमयको उचित रुपमा पालन नगरेको स्वीकार गरे । उनले घटनाको जिम्मेवारी आफूले लिने बताए । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको