Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाको आवेदन, कसले मार्ला बाजी ?

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, ०८ : २८ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाको आवेदन, कसले मार्ला बाजी ?

नियामक निकाय नेपाल धितोपत्र बोर्डले अध्यक्षका लागि दाेश्राे पटक खोलेको विज्ञापनमा १५ जनाबाट आवेदन परेको छ । 

अन्तिम दिनसम्ममा बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व ​कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश कुमार हमाल, डा. जीवन अमगाई, अनिल पौडेल, अम्बिका शर्मा लामिछाने, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, हेमन्त बस्याल, रमेश घिमिरे र कृष्ण आचार्यको आवेदन परेको बोर्डले जनाएको छ । 

यसअघि खुल्ला गरिएकाे विज्ञापनमा १२ जनाले अध्यक्षका लागि आवेदन दिएका थिए । अध्यक्ष छनोट गर्न गठन गरेको छनोट समितिमा कानूनी रूपमा बाधा देखिएपछि अर्थ मन्त्रालयको छनोट तथा सिफारिस समितिले  पुनः दरखास्त आह्वान गरेको थियाे ।

भदौ १६ गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए ।

ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा सरकारले उनलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएपछि सरकारले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको