Like us!
Follow us!
Connect us!
Watch us!

जनकपुरधाम प्रादेशिक अस्पतालमा मेगा बैंककाे एक्सटेन्सन काउन्टर विस्तार

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १४ : ११ मा प्रकाशित

जनकपुरधाम प्रादेशिक अस्पतालमा मेगा बैंककाे एक्सटेन्सन काउन्टर विस्तार

मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोदकुमार यादवले एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले बिरामीलाई सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने बताए । कार्यक्रममा बैंकका प्रदेश नम्बर २ प्रमुख यसपाल कुमार तिब्रेवाल र अस्पतालका विभिन्न विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेककुमार यादवले सेवाग्राहीहरुलाई प्रभावकारी सेवा दिइने बताए ।

एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । मेगा बैंकको हाल देशभर २०३ वटा शाखा र २५ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको