Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १४ : २३ मा प्रकाशित

सिभिल बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा आज पौष ३० गते शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रति सेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स” लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिशन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । 

करीब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले रु. ९१ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ । 

61e13ad3a1e59.jpg 61e13ad3a4957.jpg 61e13ad3da133.jpg 61e13ad3dc5e4.jpg 61e13ad41c88b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको