Like us!
Follow us!
Connect us!
Watch us!

पुनः श्रम स्वीकृति अनलाइनबाट

पत्रपत्रिका

आइतबार, ०२ माघ २०७८, ०७ : २० मा प्रकाशित

पुनः श्रम स्वीकृति अनलाइनबाट

अब अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने व्यवस्था भएको छ । गत वर्षदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा आइतबारदेखि अनलाइनबाट मात्र हुने वैदेशिक रोजगार कार्यालय काठमाडौँले जनाएको छ ।

यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने सो कार्यालयले जनाएको छ । पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी गर्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउँछन् । वैदेशिक रोजगार कार्यालयबाट चालू आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाले सेवा लिएको कार्यालयले जनाएको छ ।

(याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको