Like us!
Follow us!
Connect us!
Watch us!

खानेपानी आयोजना अलपत्र, मजदुरले ज्याला समेत नपाएकाे गुनासाे

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, १७ : ०८ मा प्रकाशित

खानेपानी आयोजना अलपत्र, मजदुरले ज्याला समेत नपाएकाे गुनासाे

बैतडीको पुर्चौडी हाटस्थित बसन्तपुर तथा खडिखेत बजारमा तीन वर्षअघि सुदूरपश्चिम प्रदेश सरकारले सुरू गरेकाे वृहत खानेपानी आयोजना अलपत्र परेकाे छ । उपभोक्ता समितिको लापर्वाहीका कारण आयाेजना निर्माण अलपत्र बन्दा यहाँकाे खानेपानी समस्या तत्काल समाधान नहुने देखिएकाे छ । 

वृहत खानेपानी आयोजना बारे उपभोक्ता समिति जिम्मेवार नबन्दा योजना अलपत्र परेको एमाले नेतासमेत रहेका स्थानीय कर्णबहादुर कुँवरले बताए । उनले भने, ‘हाट वृहत खानेपानी आयोजना निर्माण गर्नेगरी बनेकाे उपभोक्ता समिति नै गलत भयाे । खानेपानीको धेरै जरुरत हाटमा  क्षेत्रमा छ । तर, खानेपानीकाे उपभोक्ता नै नभएका वडा-७ का व्यक्तिलाई अध्यक्ष बनाइयो । अर्को ठाउँको व्यक्तिलाई यहाँको समस्याबारे के मतलब ?' 

अहिलेसम्म ट्यांकीको नाममा पिल्लर मात्रै ठड्याएको छ । त्यो पनि जिर्ण भइसकेकाे छ । केही ठाउँमा पाइप जडान गरिएको भए पुराना भइसकेका छन्प । केही पाइप त चोरी भैसकेकाे स्थानीयकाे भनाइ छ । 

पुर्चौडी नगरपालिकाकै मुख्य बजारका रुपमा रहेको बसन्तपुर तथा  खडीखेत बजार नजिकै त्रिवेणी नदी छ । बजारकाे फोहोर यही नदीमा फालिदै आएका छन् । तर, कुनै सभा समारोह हुँदा तथा मेला लाग्दा अस्थाइ पसलेहरूले यही फाेहाेर नदीकाे पानीलाई खानेपानीका रुपमा प्रयोग गर्छन् । 

नगरपालिकाकी उपमेयर जानकी ऐर बमका अनुसार खानेपानी आयोजनामा काम गरेका मजदुरहरूले समेत ज्याला पाएका छैनन् । यहाँका महिलाले बिहान रोटी मात्रै खाएर दिनभर काम गरेका हामीले देखेका छाै‌' उनले भनिन्, ' तर सुको ज्याला पाएका छैनन् । यस विषयमा पोहोर मैले खानेपानी डिभिजन कार्यालयका प्रमुखसँग कुरा गरेँ र उहाँ आफै यता आएर काम सञ्चालन गर्नुभयो । तर उक्त काम एक महिना पनि चलेन् ।' अहिले नयाँ समिति बनाएर काम सञ्चालन गर्न भनि ताकेता गरेको उनले बताइन । 'एउटाले बिगारेको काममा अब कसले  हात हाल्छ ?' उनले भनिन् 'पानीको मुहान कोटिला र बढी उपभोक्ताहरु रहेको हाटका मानिस भेला गराई हरहिसाब बुझाएर नयाँ समिति बनाएर काम गर्नुको विकल्प छैन् ।’ विगतमा पाँच जना कोठामा बसेर समिति बनाएकाले यो समस्या आएको उपप्रमुख बमको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको