Like us!
Follow us!
Connect us!
Watch us!

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, १६ : २० मा प्रकाशित

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

उनले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस ! भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उल्लेख गरेका छन् ।

‘म पनि कोभिड पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ,’ मिश्रले लेखेका छन् ।

मिश्र केही दिनदेखि पार्टीका विभिन्न गतिविधिमा सक्रिय थिए । उनले केही दिनदेखि मिडियामा अन्तर्वार्ता दिँदै आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको