Like us!
Follow us!
Connect us!
Watch us!

नेपालकै पहिलो मानवीय राहत सामाग्री लिएर हिमालय एयरलाइन्सकाे काबुल उडान

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, १७ : ११ मा प्रकाशित

नेपालकै पहिलो मानवीय राहत सामाग्री लिएर हिमालय एयरलाइन्सकाे काबुल उडान

हिमालय एयरलाइन्सले आज बिहान अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुुल्क कार्गो उडान भरेको छ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा अन्दाजी ९.७ टन (९७१५ पन) राहत सामाग्री बोक्दै हिमालयले अन्दाजी ग्क्म् १०६,८५०. अर्थात् रू. १.३ करोड बराबरको योगदान पुर्याएको छ ।

उक्त कार्यका लागि हिमालयको एअरबस 319-115, 9N AJK आज बिहान ९ः१७ बजे काबुलतर्फ उडेको हो । जहाजमा अत्यावश्यकीय राहत सामाग्रीहरु, जस्तैः औषधिहरू, खाद्यान्न, लत्ता–कपडा, जुत्ताहरू, ब्लाङ्केटहरू लगायतका सामाग्रीहरू रहेका थिए। जहाजमा गएको १५ सदस्यीय टोलीमा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चार क्षेत्रका प्रतिनिधि र अवैतनिक वाणिज्य दूतहरू रहेका छन् ।

काबुल उडान भर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले मित्र राष्ट्र अफगानिस्तानलाई आइपरेको मानवीय समस्यामा नेपाली जनताका तर्फबाट सहयोगी हात बढाउनु नेपाल सरकारको नैतिक जिम्मेवारी भएको स्पष्ट पारेका छन्। यस पुनीत कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजागर गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नु भयो । साथै यस खाले महान मानवीय कार्यमा पूर्णतया निःशुल्क कार्गो उडान मार्फत सहयोग पुर्याएकोमा हिमालय एयरलाइन्सलाई विशेष धन्यवाद समेत उनले दिएका छन् ।

कार्यक्रमकै क्रममा उडान काबुलतर्फ प्रस्थान गर्नुपूर्व हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले नेपाल सरकारद्वारा अफगानी जनताका लागि मानवीय सेवा पुर्याउने पवित्र उद्देश्यका साथ यसखाले परोपकारी उडान गर्न अनुरोध भई आउनु वास्तवमा अत्यन्तै ठूलो सम्मानको विषय भएको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको