Like us!
Follow us!
Connect us!
Watch us!

जीवनमा याद राख्नुपर्ने दश कुराको टिपनटापन : बैंकर मनाेज ज्ञवाली

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, ०६ : ५१ मा प्रकाशित

जीवनमा याद राख्नुपर्ने दश कुराको टिपनटापन : बैंकर मनाेज ज्ञवाली

बैंकर मनाेज ज्ञवालीले जीवनमा याद राख्नुपर्ने दश कुराको बारेमा बाेल्दै सामाजिक सञ्जालमा एक स्टाटस पाेष्ट गरेका छन् ।

उनकाे स्टाटस जस्ताकाे तस्तै :

१. विगतबाट सिक्ने हो, विगत नराम्रो नै भए पनी पिर गरेर केहि हुन्न कीनकी हामी बिगतलाई परिवर्तन गर्न सक्दैनौ। विगतबाट सिक्ने, बर्तमानलाई सदुपयोग गर्ने र भविष्यको योजना बनाउदा जीवन सहज हुन्छ।

२. खुशी हामीले आफु भित्रै बाट पाउँछौ। अरु मान्छे र अरु कुराको आधारमा प्राप्त खुशी सधै रहँदैन।

३. मुस्कान र दया भाव को कुनै लागत हुदैन तर यीनले मानव जीवन को खुशीलाई कैयौ गुणा बढाईदिन्छन।

४. जुन कुरा सत्य हो अनी परिवर्तन गर्न सकिँदैन भन्ने लाग्छ त्यसलाई स्विकार्नुले जीवन सहज बनाउछ।

५. मान्छे तब मात्र असफल हुन्छ, जब उसले लक्ष्यलाई छोड्छ। लक्ष्यमा निरन्तर लागिरहने र लक्ष्यमा नडग्नेहरु लक्ष्य प्राप्त गरेरै छोड्छन।

६. जसले आफ्नो असफलको कारण आफुभित्र खोज्नुभयो सट्टा अरुमा खोज्न थाल्छ , उ प्राय असफल हुन्छ अनी एउटै कुरामा पनी पटक पटक असफल हुन्छ।

७.अपेक्षा निराशाको कारक हुन्छ भने कृतज्ञता प्रशन्नता अनी सुमधुर सम्बन्धको कारण हुन्छ।

८. जीवनमा हामीले जस्तो सोच राख्छौ त्यस्तै कर्म गर्छौ अनी त्यहि कर्मले हामीलाई हाम्रो भाग्य तर्फ डोर्याउछ।

९. हामी समस्या र पिडा मा धेरै तनाब लिन्छौ अनी धेरै कुरा बिगार्छौ पनी चाहे त्यो स्वास्थ्य होस, सम्बन्ध होस या लक्ष्य होस। समस्यामा आत्तीने होइन सिक्न पर्छ। यसै पनी सबै कुरा अस्थायी भए झै समस्या र पिडा पनी अस्थायी नै हुन्छन।

१०. गनगन गरिरहने, दुःख मात्रै पोखिरहने, नकारात्मक सोच धेरै राख्ने, अल्छी र मलाई सब थाहा छ अनी म सधै ठिक छु भन्ने भ्रममा रहने मान्छेको साथले सुख दिँदैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको