Like us!
Follow us!
Connect us!
Watch us!

एक सय छयानब्बेको मत परिणाम घोषणा

आइतबार, १८ असार २०७४, १७ : ४१ मा प्रकाशित

एक सय छयानब्बेको मत परिणाम घोषणा

अर्थ संसार, काठमाडौँ– दोस्रो चरणअन्तर्गत असार १४ गते ३५ जिल्लामा भएको निर्वाचनमा हालसम्म १९६ स्थानीय तहको अन्तिम परिणाम प्राप्त भएको छ ।

निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० का अनुसार हालसम्म प्रदेश नं १ का ७१, प्रदेश नं ५ का ६० र प्रदेश नं ७ को ६५ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भएको हो ।

त्यसैगरी प्रदेश नं १, ५ र ७ का क्रमशः ६६, ४८ र २३ गरी अहिले १३७ स्थानीय तहको मतगणना जारी रहेको आयोगले जनाएको छ ।

दोस्रो चरणअन्तर्गत ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । उक्त निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको