Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको ब्राण्ड एम्बेसडरमा मह जोडीको निरन्तरता

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, ११ : ५८ मा प्रकाशित

सिटिजन लाइफको ब्राण्ड एम्बेसडरमा मह जोडीको निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको ब्राण्ड एम्बेसडरमा आदरणीय व्यक्तित्वद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापनाकालदेखी नै ब्राण्ड एम्बेसडरको रुपमा मह जोडी सिटिजन लाइफसँग आवद्ध थिए । 

सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्ताक्षर रहेको छ । यस सम्झौतापछि ब्राण्ड एम्बेसडर मह जोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवद्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन् । 

हस्ताक्षर समारोहमा कलाकारद्वय श्रेष्ठ र आचार्यले नेपालीहरुको जीवन बीमा गराएर उनीहरुको जीवन सुनिश्चित गरी पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पुर्याउन र नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणीे सिटिजन लाइफ इन्स्योरेन्स जस्तो संस्थाको ब्राण्ड एम्बेसेडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताउँदै जीवन बीमा सेवालाई हरेक नेपालीको पहुँचमा पुर्याई सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यमा सधैँ साथ दिने प्रतिवद्धता जनाएका छन् ।

यसै क्रममा व्यवसायिक करोबार सुरुवात गरेको छोटो समयमा नै देशभर स्थापना गरिएका १४० भन्दा बढी शाखा र उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेकामा सिटिजन लाइफलाई बधाई दिए साथै देशभरी रहेका सिटिजन लिडरहरुले बीमा दुतको रुपमा समाजमा पुर्याएको योगदानको कदर गर्दै उनीहरु सम्पुर्णलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको