Like us!
Follow us!
Connect us!
Watch us!

रामपुर नगरपालिकामा काँग्रेस विजयी

आइतबार, १८ असार २०७४, १७ : ५७ मा प्रकाशित

रामपुर नगरपालिकामा काँग्रेस विजयी

अर्थ संसार, रामपुर – पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमणबहादुर थापा विजयी हुनुभएको छ ।

थापाले आठ हजार ८८५ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठले सात हजार ६७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै काँग्रेसकै विष्णुदेवी घिमिरे आचार्यले आठ हजार ५२८ मत प्राप्त गरी उपप्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गादेवी रानाले सात हजार ९२४ मत प्राप्त गर्नुभएको हो ।

रामपुर नगरपालिकामा १० वटा वडामध्ये छ वटा वडामा नेपाली काँग्रेस र चार वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ । बाइस हजार १०९ मतदातामध्ये १७ हजार २३३ मत खसेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको