Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंकको वृद्धि, "इन्ट्रा डे करेक्सनले बजार झनै बलियो, छिट्टै नयाँ रेकर्ड बन्छ"

नेप्से

सोमबार, ०३ माघ २०७८, १५ : ०० मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको वृद्धि, "इन्ट्रा डे करेक्सनले बजार झनै बलियो, छिट्टै नयाँ रेकर्ड बन्छ"

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । इन्ट्रा डे काराेबारमा करेक्सन देखिएकाे सेयर बजार बन्द हुनेबेलासम्म दाेहाेराे अंकले बढेकाे छ । 

नेप्सेमा आज देखिएको इन्ट्रा डे करेक्सनले बजारलाई थप बलियो र मजबुत बनाएको बताउँछन् अनुभवी एवंम सक्रिय लगानीकर्ता तपेन्द्र रेग्मी । 'आज बजारमा जसरी इन्ट्रा डे करेक्सन देखिएको छ यसले बजारलाई थप मजबुत बनाउँदै जाने देखिन्छ, कुनै समय नेप्से करिब २० अंकसम्मले घटेको थियो नाफा हुनेहरुले नाफा बुक गर्दा समेत खरिदकर्ताहरु हाबी हुँदा बजार पुनः बढ्यो बजारमा अहिले सबैभन्दा ठुलो कुरा लगानीकर्ताहरुको मनोभावना बलियो छ जसले बजारलाई थप नयाँ उचाईमा पुर्याउनेछ' उनले भने । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर काराेबार मापक नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेकाे छ । नेप्से ०.७१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ विन्दुमा पुगेको छ । 

कूल २२४ वटा कम्पनीकाे एक कराेड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

साेमबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४४ कराेड ५४ लाख ९४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५८ रूपैयाँ ८० पैसा पुगेकाे छ । 

यस दिन १० प्रतिशत एनएमबि डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.९५ प्रतिशतले घटेर ९ सय ८९ रूपैयाँ ३० पैसामा झरेकाे छ ।

61e536925a108.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको